Corporate Disclosure · General Meeting · Nepal Warehousing Company Limited

NWCL Fifth AGM Notice

Nepal Warehousing Company Limited (NWCL) — नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको पाचौं वार्षिक साधारण सभा वस्ने सम्वन्धी सूचना। (प्रथम पटक प्रकाशित मिति २०८०।९।७ गते) आदरणीय शेयरधनी महानुभाव, कम्पनीको नियमावलीको नियम १८ वम

NWCL price history

Technical analysis →

Price Chart

↗Advanced Chart

Nepal Warehousing Company Limited on Hamroshare

See NWCL's live price, price reaction to this event, dividend & bonus history and technical analysis on the NWCL company page.

Official NEPSE notice

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको पाचौं वार्षिक साधारण सभा वस्ने सम्वन्धी सूचना। (प्रथम पटक प्रकाशित मिति २०८०।९।७ गते) आदरणीय शेयरधनी महानुभाव, कम्पनीको नियमावलीको नियम १८ वमोजिम तथा मिति २०८०।९।६ गतेका दिन सम्पन्न कम्पनीको सञ्चालक समितिको ५४ औं वैठकले यस नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको पाचौं वार्षिक साधारण सभा देहाय वमोजिमको मिति, समय र स्थानमा देहायमा उल्लेख गरिएका विषयहरुमा छलफल गर्ने गरी आह्वान गर्ने निर्णय गरेकाले सो मिति,समय र स्थानमा उपस्थित हुनु भई वार्षिक साधारण सभामा भाग लिनु हुन हार्दिक अनुरोध गर्दछु।वार्षिक साधारण सभामा उपस्थित हुन नसक्ने महानुभावले प्रोक्सी मनोनित गरी भाग लिन सक्नु हुने व्यहोरा पनि जानकारी गराउदछु। प्रोक्सी मनोनयन फारमको नमूना कम्पनीको वेवसाइटमा प्रकाशन गरिएकोछ। देहाय वार्षिक साधारण सभा वस्ने मितिः २०८०|९|२७ गते (तदनुसार ई.सं. १२ जनवरी, २०२४) शुक्रवार। वार्षिक साधारण सभा वस्ने समयः विहान ११:३० वजे। वार्षिक साधारण सभा वस्ने स्थानः एपेक्स विजनेस होटेल, सिनामंगल, एयरपोर्ट, काठमाण्डौ। छलफलका विषयहरुः क. सामान्य प्रस्ताव अन्तरगत , १. आ.व. २०७९ / ८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। २. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० अषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आ.व. २०७९ / ८० को नाफा नोक्सान हिसाव, नाफा नोक्सान वाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने। ३. आ.व. २०८० / ८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने। ४. कम्पनीको सञ्चालक समितिले स्वतन्त्र व्यावसायिक सञ्चालक पद एकमा नियुक्त गर्नका लागि मनोनयन गरेको व्यक्तिको नाम अनुमोदन गर्ने। ५. सञ्चालक समितिमा शेयरधनीहरुबाट प्रतिनिधित्त्व गर्ने छ जना सदस्यहरुलाई अर्को चार वर्षे कार्यकालको लागि निर्वाचन गर्ने । ख. विशेष प्रस्ताव अन्तरगत , १. प्रारम्भिक सार्वजनिक निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजीमा भएको वृध्दिलाई कम्पनीको प्रवन्धपत्रको सम्वन्धित दफा उपदफामा संशोधन मिलान गर्ने। र उक्त प्रस्तावमा कम्पनी रजिष्ट्रारको कार्यालयले संशोधन, परिवर्तन वा थप / घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धी प्रस्ताव पारित गर्ने। २. कम्पनीको सञ्चालक समिति र विषय समितिको वैठकमा भाग लिने सञ्चालकहरु तथा विषय समितिका संयोजक र सदस्य (सञ्चालक)लाई वैठकमा भाग लिए वापत वैठक भत्ता उपलव्ध गराउने विषय सम्वन्धी प्रस्ताव र उक्त प्रस्तावमा कम्पनी रजिष्ट्रारको कार्यालयले संशोधन, परिवर्तन वा थप / घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धी प्रस्ताव पारित गर्ने। ३. कम्पनीको परियोजना निर्माण कार्यका लागि थप पर्न जाने ऋण रकम वैंक तथा वित्तीय संस्था वा निकाय वा अन्य कुनै संगठित निकाय बाट कम्पनीको उद्देश्य र हित अनुकूल हुने गरी प्राप्त गर्ने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने। ग. विविध। सञ्चालक समितिको आज्ञाले, कम्पनी सचिव नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड Fiscal Year: 2080-2081 AGM Type: AGM AGM Date: 1/12/2024 AGM No: 5 Book Close Date: 1/2/2024

Download the official NEPSE notice (PDF) →

More NWCL disclosures